मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन आज गरिने
काठमाडाैं | पुस १४, २०७९
काठमाडौं: मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ ।
संसदीय दलको नेतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादव उम्मेदवार छन् ।
दुवैले उम्मेदवारी दर्ता गराइसकेको र मतदान दिउँसो ३ बजेपछि हुने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
कृष्ण पार्टी सभापति देउवा पक्षधर हुन् रामसरोज विमलेन्द्र निधि निकट हुन् । अघिल्लो प्रदेश सभामा रामसरोज दलको नेता थिए ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

